Showing posts with label Jharlangi. Show all posts
Showing posts with label Jharlangi. Show all posts

Brihaspati Parsai- The Peasant Leader of Sikkim


Late Brihaspati Parsai addressing peasants at Rangpo during Satyagraha
Late Brihaspati Parsai a.k.a Parsai Bajey was born on 30th June 1899 at Karkaley Pipaley village of Mechi district of Nepal. At the age of seven he lost his father Tikaram Parsai and two of his brothers due to chickenpox. In frustration, his mother decided to leave their original place and took 10 years old Brihaspati to the plains of Jhapa in Nepal. There young Brihaspati lost his mother due to malaria and became a total orphan. After hiding the corpse of his mother at a forest at a place called Chandragadi in Jhapa district, the young lad moved further east and reached Silagadi (now the place is known as Siliguri). He stayed at Silagadi for a year and thought of entering Sikkim. Coincidentally, he met a bullock carts’ caravan moving towards Sikkim and by pursuing it he reached lower Martam (32 Number the place is also called Middle Camp). It was at Martam the orphan met Chandrasingh Bhansari a Thikadar (Contractor) of Martam Estate who took him home and gave him the task of shepherd. Impressed by his truthfulness and diligence, the Thikadar gave one of his daughters Chulmaya in marriage to Brihaspati. After his marriage he bought a piece of land at Namli, a village near Ranipool and began to live a life of a householder.
Late Parsai (sitting) with L.D Kazi (Right to him)
After the conclusion of First World War Sikkimese peasants also began to witness little development in their Kingdom. It was during this period the construction of auto able road from Siliguri to Gangtok commenced which is now known as NH 31 A. Brihaspati also began to work as a coolie in the construction process, and then he became a supervisor and finally a contractor. He was a founder member of Sikkim State Congress and also an educational enthusiast who had played a vital role for the foundation of Ranipool School at Ghattey Hill. His contributions and efforts for the foundation of said school will soon be updated in the blog. After the formation of Sikkim State Congress on 7th December 1947 late Parsai unconditionally threw him in politics. He became the Publicity Secretary of the newly founded Sikkim State Congress and began to raise his voice against the vices of feudalism like Kalobhari, Jharlangi, Theki Bethi, Kuruwa and Ghar-Lauri. In the beginning, the Central Office of Sikkim State Congress was raised at Rangpo. Due to his witty and mocking speech against the exploitation he was arrested during Satyagraha of 1949 at Rangpo and was put behind the bars for 62 days.
Parsai leading a procession at Singtam in 1961
Late Parsai played a vital role for the elimination of parity system from Sikkim. During agitation of 1973, he led a procession to the Sikkim Palace which was thence asking for one man one vote. The Chogyal Palden Thondup Namgyal coming out of the palace questioned late Parsai “What do you want?” He answered “We want the King, we do not want the Councillors, and we need Ministry, not one man six votes but one man one vote”. It is to be noted here that the greatest cause for dissatisfaction of the peasants during the agitation of 1973 was the notorious Parity System in Sikkim.
People gathered at Alley Ground Namchi to listened to Late Parsai
During my field work I got an opportunity to meet one of his sons Mr. N. B Parsai an ex- teacher who also has a greater involvement for the development of Ghattey Hill School. He has informed me that his father was a person who always believed in the theory of Karma enunciated by the Upanishads. It is because of this philosophy of Upanishad he had been able to contribute a greater part of his life for the liberation of the Sikkimese subjects from the clutches of Kazism and Thikadarism. Many of his contemporaries have informed me that he was a brawny politician who used to speak as if he has nothing to loose in this world. Most of such contemporaries were inspired by his flamboyant speech consequently they joined late Parsai to uproot the evils of forced labour from Sikkim.  This stalwart of Sikkimese politics died at the age of 80 on the evening of 9th June 1979 at his residence at Namli in East Sikkim. 

सिक्किममा राजनैतिक सचेतताको शुरुवात

Extort from my upcoming book in Nepali
भारतको स्वतन्त्रता आन्दोलन चरमोत्कर्षमा रहँदा, सिक्किमको राजनीति सुसुप्त अवस्थामा रहेको पाइन्छ| सिक्किम त्यसताक बेलायती साम्राज्यवादले जन्माएका कुरीतिहरूबीच जकडिएको अवस्थामा थियो, सिक्किमे प्रजाले चाहेर पनि त्यस कुरीतिको प्रतिवाद गर्न सक्दैन थिए किनभने उनीहरूको समस्यालाई उजागर गर्ने कुनै सङ्गठन सिक्किममा जन्मिएकै थिएन| यदा-कदा एक दुइ स-साना सङ्गठनद्वारा राजनैतिक चेतना ल्याउने प्रयास भइरहे तापनि ती प्रयासहरू अर्थपूर्ण नरहेको पाइन्छ| ती स-साना सङ्गठनहरू ठूला राजनैतिक दलहरू नभई , स-साना सुधार सङ्गठनहरू मात्र थिए, जसका कुनै राजनैतिक सिद्धान्तहरू थिएनन्| यसैले आधुनिक परिदृष्यमा यी सङ्गठनहरूलाई राजनैतिक सङ्गठन भन्न उपयुक्त हुँदैन| त्यसै गरी ती सङ्गठनहरू जस्तै- सिक्किम प्रजा सम्मेलन, प्रजा परिषद् र प्रजा सुधार समाज, राज्यका विभिन्न गाउँ- बस्तीहरूमा शुरु गरिएका थिए जसको मुख्य उद्देश्य जमीनदारी, कालो- भारी ठेकी-बेठी, कुरुवा, झार्लाङ्गी आदि कुरीतिहरूको उन्मूलन थियो| उनीहरूको नीति युगानुकूल रहे तापनि ऐक्यबद्धताका अभावमा ती नीतिहरूको सठीक कार्यान्वयन हुनसकेन| परिणामतः सिक्किमका निमुखा प्रजाहरूको समस्यामा कुनै सुधार आएन| भारत स्वतन्त्र हुँदा सिक्किमे किसानहरू ठीक त्यही पद्धतिले जीविकोपार्जन गर्दै थिए, जुन पद्धतिमा उनीहरूका बाउ- बाजे बॉंचेका थिए| भारतको स्वतन्त्रता एउटा ऐतिहासिक घटना थियो जसद्वारा सिक्किम पनि अछुतो रहेन|
आफ्नो छिमेकमा भएको युगान्तकारी परिवर्तनले सिक्किममा पनि स्वतन्त्रताका केही न्याना तरङ्गहरूको सूत्रपात भएको पाइन्छ| यो अविस्मरणीय देखिन्छ, धेरैजसो भारतीय इतिहासकारका विचारमा सिक्किममा राजनैतिक सचेतताको शुरुवात भारतको स्वतन्त्रता संग्रामबाट प्रेरित तथा प्रभावित भएर भएको हो भन्ने छ| भारतको स्वतन्त्रता अनि त्यसमा गान्धीजीका साथै अरू कंग्रेसी नेताहरूको योगदान अविस्मरणीय छन्| यस घटनाको अरू कुनै राष्ट्रको स्वतन्त्रता आन्दोलनसँग तुलना हुन सक्दैन| तर, सिक्किममा राजनैतिक सचेतताको विकास पूर्णतः भारतको स्वतन्त्रता आन्दोलनबाट प्रेरित भएर भएको हो भन्ने धारणा न्यायसङ्गत होइन| आफ्नै छिमेकी राज्यमा भएको त्यस परिवर्तनले सिक्किमे हृदयहरूमा गहिरो छाप अवश्य छोडेको हुनसक्छ तर, सिक्किमे राजनीतिमा सचेतता भारतको स्वतन्त्रताले ल्याएको हो भनी ठोकुवा दिँदा सिक्किमका स्थानिक कारणहरूलाई अन्याय हुन जान्छ| ती भारतीय साथै विदेशी इतिहासकारहरूले यदि सिक्किमको तत्कालीन पृष्टभूमिको गहन अध्ययन गरेर जिम्मेवारीपूर्ण इतिहास लेखिदिएका भए, सिक्किमको राजनैतिक इतिहास आज एउटा आफ्नै घडेरीमा खडा भएको हुने थियो होला सायद|
सिक्किममा राजनैतिक सचेतताका मौलिक कारणहरूः
१. जमीनदारी प्रथाः-
जमीनदारी प्रथा सिक्किमलाई एउटा अंग्रेजी साम्राज्यवादको उपहार थियो, जसद्वारा यहॉंका जमीनदारहरूले मानौं गरीब प्रजाहरूको शोषण गर्ने एउटा सजिलो ‘अस्त्र’ प्राप्त गरेका थिए| सन् १८९०-को अंग्रेजी चिनीयाइ सम्मेलन (Anglo Chinese Convention) - ले भारतको अंग्रेज सरकारलाई सिक्किमको शासन व्यवस्थालाई आफ्नै ढङ्गले सञ्चालन गर्ने छूट दिएको थियो| जसको फलस्वरूप, अंग्रेजी राजनैतिक अधिकारी (British Poltical Officers) जे. सी ह्वाइटले (J.C.White) एउटा राज्य परिषद्को स्थापना गरे र उनी आफै त्यस परिषद्का सभापति भए| यी जे.सी ह्वाइटले नै सिक्किमलाई पहिलोचोटि जमीनदारी, ठेेकेदारी जस्ता काजीवादी नीतिको परिचय गराए| पछि यिनै जमीनदार, ठेकेदार काजी आदिले आफ्नो शक्तिको गलत प्रयोग गरेर निमुखा प्रजाहरूको हूर्मत लिए| सिक्किमे प्रजाहरूलाई विभिन्न प्रकारले शोषण गरेको तथ्याङ्क अहिले पनि गाउँका बुजुर्ग व्यक्तिहरूबाट प्राप्त गर्न सकिन्छ| भारतबाट अङ्ग्रेज सरकारको पलायनपछि पनि, सिक्किम मा यी प्रथाहरू राजतन्त्रका मल-जलले मौलाइरहे| शोषणको त्यस परिवेशमा आफ्ना हक र अधिकारको विषयमा सोच्न न सिक्किमे किसानहरूमा फूर्सद थियो न आँट नै थियो अनि न त कुनै राजनैतिक सङ्गठनहरूद्वारा यी विषयहरूको उठान गर्ने कुनै राजनैतिक अखडा थियो| फलतः सिक्किमे किसान पिल्सिरहे, चेप्टीरहे समयको कुचक्रमा एउटा नयॉं बिहानीको प्रतीक्षामा, एउटा नयॉं संसारको आशामा|
यदि हामीले अंग्रेजी साम्राज्यवादसँग सिक्किमे सामन्तवादी जमीनदारी प्रथालाई तुलना गर्ने हो भने, यहॉं रहेको जमीनदारी प्रथा अझ विकराल थियो| भारतका जनतालाई शोषण गर्ने त एक विदेशी शक्ति थियो जो आफ्नो साम्राज्यताको घमण्डले चूर भएर सोझा भारतीयहरूलाई चुस्तथ्यो| तर, सिक्किमका सिक्किमे प्रजाहरू त आफ्नै दाजु-भाईहरूद्वारा टाढिँदै थिए, लुटिँदै थिए अनि चुसिँदै थिए| एक साधारण सिक्किमे प्रजा एउटा प्रजामात्र थिएनन् उनीहरूका विभिन्न रूपहरू थिए| कहिले उनीहरू कालो भारी बोक्ने भरिया थिए, कहिले सामान कुर्ने कुरुवा, कहिले जमीनदारको हली थिए त कहिले आफ्नै खेताला| इतिहास पढ्दा र साधारण सिक्किमे किसान ढॉंटिएको देख्दा यस्तो लाग्छ उनीहरूको मनस्थितिमा यिनै चार- पॉंच शब्दहरू गुञ्जिरहेका हुँदा हुन्|
शिक्षा, स्वास्थ्य, न्याय, अधिकार, समानता आदिजस्ता शब्दहरू त सायद उनीहरूले सुन्नै नपाइ बिते होला| सिक्किमे जमीनदारी प्रथाको कथा सुन्दा कहिले काही हाम्रो मस्तिष्कमा फ्रान्सको सामन्तवाद सम्झना दौडन्छ| मध्यकालीन फ्रान्समा त्यहॉंको समाज तीन भागमा विभाजित हुँदथ्यो जसलाई प्रथमवर्ग (First Estate), दोस्रो वर्ग ( Second Estate) अनि तेस्रो वर्ग (Third Estate) भनेर राज्यले छुट्याएको हुन्थ्यो| पहिलो वर्गमा राजा र उसका आसे पासेहरू हुन्थे भने दोस्रो वर्गमा क्लेर्जी (Clergy) अर्थात् चर्चका पुजारीहरू हुन्थे र त्यसै गरी सर्वसाधारण प्रजाहरू तेस्रो वर्गमा पर्दथे|
सिक्किमको तत्कालीन व्यवस्थाले यसरी सिक्किमे समाजलाई विभाजित नगरे तापनि समाजको बनौट र त्यहॉं व्याप्त नीति एकै-एकै थियो भन्दा कुनै अत्युक्ति नहोला| जे भए पनि गरीब र बेसाहाराको कथा र व्यथा एउटै हुन्छ, चाहे त्यो गरीब त्यसबेलाको सिक्किमे किसान होस् कि मध्यकालीन फ्रान्सको कुनै एउटा दास| किनभने, गरीबीको न कुनै भाषा हुन्छ न कुनै जात अनि न यसको राजनैतिक सीमाना नै हुन्छ| तर कुनै पनि क्रान्तिको शंखनादभन्दा अघि यिनै गरीबका चित्कारहरूले राजनैतिक सत्ताको दैलो ढकढक्याइ रहेको पाइन्छ| सिक्किमको राजनैतिक परिप्रेक्ष्यमा पछि गएर यिनै तत्वहरूले राजनैतिक सचेतताको जागरणका निम्ति महत्वपूर्ण कार्य गरेको पाउँछौं|
जमीनदारको आदेश सिक्किमे किसानहरूका निम्ति एउटा ईश्‍वरको आदेश थियो| जे भने पनि मान्नैपर्ने स्थिति, कुनै प्रतिवाद छैन न त त्यस स्थितिको निवारण छ| सिक्किमका किसानहरू मानौं जनावर हुन् जति काम लगाउन सक्यो त्यति जमीनदारलाई फाइदा| गरीब श्रमिकको श्रमको कुनै ज्याला छैन, मागोस पनि कसरी उ त जमीनदारको पाखुरे| जति मन पर्‍यो त्यति खजाना जमीनदारले थोप्दा पनि चुप चाप लाग्नुपर्ने त्यस बेलाको अधिकार बिहीन कानून| महाराज टॉंसी नामग्याल एक गुणिला व्यक्ति तर उनीसम्म कुनै अर्जी पुग्नै नपाउने| काजीहरू जो धेरै जसो आफै जमीनदार थिए अर्जी लेखेको थाहा पाए सक्दो अत्याचार गर्ने| कति सहन्छ एउटा साधारण मान्छेले? यदि यस विषयमा जान्ने कसैको चासो भए त्यसको ज्वलन्त उदाहरण सिक्किमका हरेक गाउँ-घरतिर पर्याप्त मात्रामा पाइन सकिन्थ्यो| राजाले त सायद सुनिदिन्थे होला तर उनी आफ्नै दरवारमा उनका झाउरे- बाउरे काजीहरू बीच बस्ने, सॉंच्चै भन्नुपर्दा उनलाई बाहिर जान र प्रजाको समस्या बुझ्न उनका काजी भारदारहरूले साह्रै दिए जस्तो देखिँदैन| केही पुराना दस्तावेजहरूको अध्ययनबाट गाउँ-बस्तीका हरेक समस्या कानुनी तौरमा यिनै काजीहरूले गर्थे भन्ने तथ्य प्रष्ट हुन्छ| अब उनीहरूले दिएको सुनवाईले कसले कति न्याय पाउँथ्यो भन्ने कुरा अहिलेको समाजलाई बुझाइरहनु पर्ला जस्तो लाग्दैन| सिक्किमको यस्तो व्यवस्थादेखि विरक्तिएर धेरै सिक्किमे परिवारहरू यहॉंबाट पलायन भई, असम, बङ्गाल, मणिपुर, नेपालतिर गई बसेको तथ्याङ्क हामी पाउँछौं|
२. ठिकादारी प्रथाः-
ऐतिहासिक दृष्टिले हेर्नु हो भने, यस प्रथाको शुरुवात सन् २८७७- तिर भएको थाहा लाग्छ, जब नेवारी व्यापारीहरूलाई सिक्किम सरकारले उत्खनन, बसोबासो र वन संरक्षण तथा व्यवस्थापनका निम्ति ठिका प्रदान गर्दछ| सन् १८६७-मा दुइजना नेपाल बन्धुहरू लक्ष्मीदार र चन्दवीर मास्केलाई वर्षको ५०० रुपियॉं राजालाई र ७०० रुपियॉं खाङ्गसा देवान र फोदाङ्ग लामालाई (फोदाङ्ग र खाङ्गता अंगे्रज समर्थक काजीहरू थिए) दिने राजीनामाका साथ २० वर्षका लागि सिक्किमे बॉंझो जमीनहरू ठिकामा दिइन्छ| ती नेवार बन्धुहरूले यहॉंका बॉंझा जमीनहरू नेपालबाट भित्र्याइएका नेपालीहरूलाई दिए| यो घट्नाभन्दा धेरै दशकअघि देखिनै नेपालीहरूको सिक्किममा बसोबासो भइआएको धेरै ऐतिहासिक प्रमाणहरू भेट्टाइन्छ| स्मरण रहोस, सिक्किममा यिनै नेपालीहरूले Terrace Cultivation-को शुरुवात गरेका हुन् जसद्वारा सिक्किममा आधुनिक कृषि पद्धतिको सुत्रपात भएको हो| बृटिस-भारतको मुख्य उद्देश्य नेपालीहरूबाट सस्तो मजदुरी प्राप्त गर्नु थियो त्यसैले उनीहरूले नेपालीहरूको सिक्किममा बसोबासो माथि जोड दिए|
फलतः नेपालीहरूको जनसङ्ख्या सिक्किममा बढ्दै गयो| नेपालीहरूको जनसङ्ख्या सँगसँगै ठिकादारी प्रथाले उत्कर्षता पाएको प्रमाणहरू पाइन्छ| सिक्किमको त्यसबेलाको सामाजिक वर्गीकरणमा ठिकादारहरूको स्थान काजीभन्दा एकै खुडकिलो मात्र तल रहने गर्दथ्यो| जसको कारणले यी ठिकादारहरूले सोझा जनताहरूमाथि मनमौजी गर्नेगर्थे| कति ठिकादारहरू त राजाकोभन्दा अझ बढी ठॉंट-बॉंटका साथ रहेको पाइन्छ| यी ठिकादारहरूको मुख्य काम अंग्रेजहरूलाई श्रमको निर्यात गर्नु थियो| तिनताक अंग्रेज सरकारले आफ्नो व्यापारलाई बढाउनका निम्ति धेरै बाटा- घाटाहरूको निर्माण गरेको थियो| यी कार्यहरूलाई सफल गराउन ठिकादारहरूलाई श्रम जुटाउन अंग्रेज सरकारको हुकुम हुन्थ्यो| यसबाहेक यिनै अंग्रेज साहेबहरूको भारी बोक्न, एक ठाउँको सामान अर्को ठाउँ सार्न, कालो भारी, झालाङ्गी इत्यादी बोक्ने ठिका पनि अंग्रेजहरूले यिनै ठिकादारहरूलाई दिएको हुन्थ्यो| सोझा साथै डराउने स्वभावका ती मजदुरहरूको फाइदा लिँदै ठिकादारहरूले ती श्रमिकहरूलाई भनी अङ्ग्रेज बाबुहरूले दिएको पैसा हडप्ने गर्दथे| ती लुटिएका सोझा सिक्किम किसानहरू निःशब्द बनेर आफ्नो काम गर्थे र जसको ज्याला एकदमै न्यून हुन्थ्यो| कोही बेला त बिना पैसा पनि काम गर्नुपर्थ्यो जसले ती गरीबहरूको जिन्दगीमा जटिलताको पाहाड खडा गर्थ्यो, तरै पनि चाबुक र लाठी अनि ठिँगुरोका डरले ठिकादारको सामन्तवादी कानूनको पालना गर्थे| वास्तवमा ठिकादारहरूको काजी जमीनदारहरूसँग नजिकैको सम्बन्ध भएका कारण वर्वरतापूर्ण कार्यहरू अनभिज्ञ जनताहरूमाथि देखाउँथे| यस्तो सामाजिक संस्कारहरूभित्र सिक्किमे किसानहरूमा राजनैतिक सचेतता खोज्नु अन्धालाई बाटो देखाइमाग्नु सरहमात्र हुनजान्छ|
३. कालो भारीः
यो अमानवीय शोषणको शुरुवात पनि सिक्किमको बृटिशसित सम्बन्ध स्थापित भएपछि मात्र भएको हो| तर ऐतिहासिक प्रमाणहरूको अभावमा यसको शुरुवात यही सालदेखि भयो भनी किटान गरेर भन्न सकिँदैन| यस प्रथाको नाउँ किन कालो भारी रह्यो भन्ने विषयमा विभिन्न इतिहासकारहरूको छुट्टा छुट्टै मतहरूपाइन्छन्| तर वास्तवमा अङ्ग्रेजहरूले चीन अथवा तिब्बतसँग हात-हतियारहरूको निर्यात गर्ने गर्थे| ती हात -हतियारहरू इङ्गल्याण्डबाट जहाजमा चढाउँदा कुनै अर्कै रङ्गको कपडाले ढाकिएको, बॉंधिएको हुन्थ्यो| ती सामानहरूलाई कलकत्ताको बन्दगाहमा उतारेर फेरि रेल गाडीद्वारा गेल -खोलामा ओरालिन्थ्यो| अति लामो समयसम्म मात्राका कारणले ती इङ्गल्याण्डबाट निर्यात गरिएका सामानहरूलाई ढाकिएको कपडाको रङ्ग मैला अथवा धूलोका कारण कालो भएको हुँदो हो र त्यसैले शायद ती भारीहरूको नाम कालो भारी पर्न गएको हुनसक्छ| यी भारीहरू बोक्न सिक्किमका प्रायः सबै ठाउँका गरीब किसानहरू जाने गर्दथे जसलाई काजी- जमिनदार अथवा ठेकादारहरूको सो काम गर्ने आदेश हुन्थ्यो| धेरै जसो बुजुर्गहरूको भनाइमा कालो भारीभित्र हात हतियार मात्र हुँदैनथ्यो| कुनै- कुनै बेला उनीहरूले दैनिक जीवनमा चाहिने सामानहरू जस्तै - जुत्ता, ज्याकेट, कम्बल इत्यादि पनि बोकेका कुरा गर्छन्| कुनै-कुनै बेला जब यी भारीको सङ्ख्या धेरै हुन्थ्यो त्यसबेला प्रायः तीन चारवटा गाउँका किसानहरू ती भारीहरू बोक्न जान्थे| पूर्व पश्‍चिम र दक्षिण सिक्किमका किसानहरूलाई यो प्रथाले धेरै सताएको पाइन्छ कारण यी जिल्लाहरू बृटिश भारतको सीमाना नजिक थिए| जुन किसानको जमीन्दारसँग राम्रो सम्बन्ध रहेको हुन्थ्यो ती किसानहरू धेरजसो कालो भारी बोक्नबाट जोगिने गर्थे| तर सर्वसाधारण किसानहरूको कथा र व्यथा यस्तै नै थियो| यदि कुनै सिक्किमे किसानले यसको प्रतिवाद गर्‍यो भने उसको जमीन, घर, गाई-वस्तु सबै खोसिदिन्थे| पश्‍चिम सिक्किमका रैतीहरू कालो भारी बोक्न दार्जीलिङसम्म गएको प्रमाण पाइन्छ| दक्षिण सिक्किमकाहरू कहिले टिस्टा अनि कहिले गेल खोलासम्म जाने गरेको पाइन्छ| त्यसै गरी पूर्व सिक्किमका भरियाहरू रम्फूसम्म अनि कुनै बेला गेल खोलासम्मै गएको प्रमाण पाइन्छ| माथि बताइएअनुसार अङ्ग्रेज अधिकारीहरूले कालो भारीको ओसार- पोसारका निम्ति काजी ठेकादारहरूलाई ठिका दिएका हुन्थे| प्रत्येक दिन अनि प्रत्येक भारीको निम्ति रु. २ अनुमोदन हुन्थ्यो| तर यी काजी ठेकादारहरूले रु. २ (एक) अनि १० आना आफूसितै राख्ने र दिनको ६ आना मात्र एक भारियालाई दिने गर्थे| स्मरण रहोस्, कालो भारी कुनै एउटा जाति विशेषलाई मात्र बोकाइएन| यस कुप्रथाले सम्पूर्ण सिक्किमेलाई पिरोलेको थियो|
यस कुप्रथाद्वारा जनतालाई प्रभावित पार्ने कार्यको पराकाष्ठ हामी दोस्रो विश्‍वयुद्धमा पाउँछौं| त्यसबेला हात हतियारको निर्यात चीन र तिब्बतसित गर्ने काम चरम सीमामा पुगेको थियो| यस कार्यका लागि जति माग्यो त्यति रुपियॉं अङ्ग्रेज सरकारले काजी ठेकादारहरूलाई दिएको ऐतिहासिक प्रमाणहरू भेटिन्छ| जसको फलस्वरूप ती निर्मम काजी ठेकादारहरूले उनीहरूका रैतीहरूलाई शोषण गर्नसम्म गरे र ती गरीबहरूको नाउँमा आएको पैसामा मौज गरे| यहॉंका सोझा अशिक्षित गाउँलेहरू हरेक दिन ठगिए, प्रत्येक दिन चुसिए तर उनीहरूको पीडामा ओखतीसम्म लाइदिन कुनै संस्था अघि आएन| जसको प्रतिफल यहॉंका किसानहरूको जीवनस्तर रात दुइ गुणा दिन चौगुणा घटेर गयो|
४. झार्लाङ्गीः
सिक्किमे समाजमा व्याप्त यस कुसंस्कारको जन्म पनि सिक्किम बृटिश सम्बन्ध स्थापित भएपछि भएको हो| सर्वविदितै छ, बेलायतको सिक्किमे राजनीतिसित केही लेन-देन थिएन तर उनीहरूको प्रभूत्व देखाउन कुनै कुनै बेला यहॉंको आन्तरिक व्यवस्थामा हस्तक्षेप हुने गर्दथ्यो| सरल भाषामा बयान गर्नुपर्दा सिक्किमको राजनैतिक व्यवस्था भारतीय अङ्ग्रेज सरकारले उनीहरूको सुविधा बमोजिम चल्ने किसिमको पारेका थिए| उनीहरूको मुख्य उद्देश्य तिब्बत अनि चीनसँगको व्यापार थियो र सिक्किम राज्यलाई उनीहरूले त्यही कार्यको निम्ति प्रयोग गरिरहेका थिए| सिक्किमलाई तिब्बतसँग जोडने मार्गको उत्खनन कार्य यिनै अङ्ग्रेजहरूले गरेका थिए| उक्त उत्खनन कार्यको निम्ति उनीहरूलाई श्रमिकहरूको आवश्यकता पर्थ्यो, यसलाई सहज ढङ्गले कार्यान्वयन गर्न अङ्ग्रेजहरूले काजी- ठेकादारहरूलाई निर्देशन दिएको हुन्थ्यो| ती अङ्ग्रेज अधिकारीहरूले यहॉंका काजी ठेकादारहरूलाई ती श्रमिकहरूको हाजिरा दिने गर्थे तर अभाग्यवश ती सोझा रैतीहरूलाई त्यो रकम काजी ठेकादारले दिँदैन थिए| बिना खान-पीन अनि बिना हाजिरा गरिने कार्यलाई पुरानो सिक्किमे समाजले झार्लाङ्गीको संज्ञा दिएका हुन्| यस प्रथाका भागीदारहरू धेरै लामो समयसम्म घरदेखि टाढा रहने गर्दथे| यस अन्तरालका निम्ति यहॉंका रैतीहरूले आफ्नो खाना-पानी, ओडने-ओछ्याउने इत्यादि वस्तुहरूको व्यवस्था आफै गर्नुपर्थ्यो| कुनै लोभी अनि निर्मम जमीनदारहरूले कुनै कुनै बेला चाहिएभन्दा बढी मान्छेहरू बोलाउँथे र उनीहरूको मेहनतको कुनै पनि हुस्सा ती श्रमिकलाई नदिई अङ्ग्रेजहरूबाट दोब्बर पैसा असुल्थे| यस प्रथाको दुःखद पक्ष के छ भने बिना पैसा सिक्किमे किसानहरू काजी जमीनदारका छोरा- छोरीका सामानहरू बोकेर कहिले दार्जीलिङ त कहिले कालेबुङ जानु पर्थ्यो| सिक्किममा त्यसबेला राम्रा पाठशालाहरू नभएका कारण काजी जमिनदारहरू आफ्ना नानीहरूलाई त्यता पढ्न पठाउँथे| तर काजी ठेकादारका छोरा- छोरीको शिक्षाको बोझ ती अशिक्षित अनि शिक्षाप्रति अनभिज्ञ किसानहरूले उठाउनु पर्थ्यो| यति मात्र होइन आफ्नो खेत-बारी बॉंझै राखेर असारमा सबैभन्दा पहिला काजी जमीनदारको जमीन खन-जोत गरी बिना पैसा खेती लगाइदिनु पर्थ्यो| कस्तो विडम्बना हो यो? त्यो किसानले आफै आफ्नो काम गर्नु पर्थ्यो, आफ्नो परिवारका लागि वर्ष दिनसम्म पुग्ने अन्न उब्जाउनु पर्थ्यो अनि कुनै पैसा बिना काजी जमीनदारको जमीनमा उन्नति गरिदिनु पर्थ्यो साथै हरेक वर्ष सरकारलाई खजना बुझाउनु पर्थ्यो| यी सबै काम गर्न कुनै तोकिएको समय भए जस्तो थाहा लाग्दैन| जति बेला काजी जमीनदारले बोलाए त्यति नै बेला ती बस्तीवालाहरू पुग्नुपर्थ्यो| केही कारणवश ढिलो भए अथवा समयमा नपुगे सारा सम्पत्ति खोसिने डर थियो| यदि कुनै किसानले काजीको आदेशलाई बेवास्ता गरे ठिँगुरोमा ठिङ्ग्र्याइन्थ्यो| काजी प्रथा र त्यसको सिक्किमे जनता माथिको प्रताडनाको विषयमा कुनै अरु बेला चर्चा गरौंला|
५. ठेकी-बेठीः
सिक्किमे छोग्यालकालीन समाजमा काजी ठेकादारहरूदेखि तल्लो खुड्किलोमा उभिने अधिकारीहरूलाई मण्डल र कारबारीको संज्ञा दिइएको थियो| केही सरकारी दस्तावेजहरूको अध्ययनबाट जानकारी पाइएअनुसार यी मण्डल र कारबारीको नियुक्ति काजी-जमीनदारबाट हुन्थ्यो| वास्तवमा यी अधिकारीहरू काजी जमीनदारहरूका विश्‍वासपात्रहरू हुँदथे| उनीहरूको भूमिका काजी- जमीनदारहरू र किसानहरूबीच मध्यस्थता कायम गर्ने अधिकारीहरूका रूपमा लिन सकिन्छ| काजी ठेकादारहरूसँगको पहुँचका कारण यिनीहरूले पनि साधारण सिक्किमेको भोक र निद्रा हरेको थाहा लाग्छ| कुनै चाड- पर्व अथवा सरकारी उत्सवका अवसरमा यी मण्डल कारबारीहरूले गाउँलेहरूलाई केही कोसेलीहरू ल्याउने आदेश दिन्थे| ती कोसेलीहरू ठेकीभित्र हालेर मण्डलकहॉं पुर्‍याइने चलन थियो|
त्यो ठेकीभित्र गाउँलेहरू मासु, दही, केरा, चिउरा, मकै, सातु, छ्याङ्ग आदि वस्तु हालेर मण्डलकहॉं पुर्‍याउँथे| यसबाहेक महाराजको जन्मदिन राजकुमारहरूको जन्मदिन हुँदा पनि यी कारबारी मण्डलहरू ठेकी बेठीको आदेश दिन्थे ती गरीब गाउँलेहरूले आफ्नो गॉंस काटेर महाराजालाई पठाएको भेटी कति महाराजको दरवारमा पुगे होलान् भन्ने विषयमा धेर गम्भीरताले नसोचे पनि हुन्छ| त्यसदेखि बाहेक बिना हाजीरमा गाउँलेहरूले काजी, जमीनदार, ठेकादार, मण्डल, कारबारी जस्ता अधिकारीहरूको जमीन खन-जोत गर्नुपर्थ्यो| यस प्रकारको श्रमलाई बेठी भनिन्थ्यो| यदि कसैले नगर्ने साहस गरे त्यसको दुर्गति गरिन्थ्यो| यस्तो सामाजिक संस्कारमा आजका सिक्किमका पूर्वजहरूले के कति कष्ट झेले होलान्? त्यो एक गम्भीरताको साथ सोच्ने विषय हो| आजको सिक्किमलाई हेदा कहीं कतै लाग्दैन, हाम्रा बाउ-बाजेहरूले यी सबै दुःख देखे अनि सहे होला भन्ने| हामी अहिलेको यो मेट्रियालिस्टिक संसारमा यस ढङ्गले हराइसक्यो कि यहॉंको वास्तविक अतीत हामीलाई दन्त्य कथाझैं लाग्छ|
६. कुरुवाः
नेपाली भाषामा कुर्नुको अर्थ एउटा लामो पर्खाइ हो| जसले धेरै समयसम्म पर्खनुपर्छ त्यसलाई कुर्नु भनिन्छ| कुरुवा शब्दको सठिक अर्थ हुन्छ रूङ्गनु, ढुक्नु या त पर्खिनु| कुरुवा मजदूरको सेवा र झार्लाङ्गी मजदूरको सेवाको प्रकार प्रायः एउटै देखिन्छ| यी कुरुवाहरू धेरै समयसम्म आफ्नो भागको सामानलाई पर्खेर बस्ने गर्थे| कुरुवा मजदूर भएर सेवा गर्न जाने गाउँलेहरूले आफू खाने र सुत्ने व्यवस्था आफै गर्नुपर्थ्यो भन्ने कुरा यस प्रथाका भुक्त भोगीहरू जानकारी दिन्छन्| पश्‍चिम सिक्किमका केही गाउँहरूबाट कुरुवासँग सम्बन्धित महत्वपूर्ण जानकारी प्राप्त गरिएको छ| त्यहॉंका बुजुर्गहरूको भनाइअनुसार काजी- जमीनदारहरूले गाउँलेहरू आफन्तको देहावसानमा जूठोमा रहेको बेलामा पनि यस कार्यका निम्ति विवश पारेको कुरा प्रष्टाउँछन्| उनीहरूको भनाइअनुसार एक कुरुवा मजदूरले बिना पैसा र बिना खाना झण्डै ४० के जीभन्दा बढी भारी गेल खोलादेखि गान्तोकसम्म लानु पर्थ्यो| कुरुवा मजदूरीका मुख्य केन्द्रहरू गेल खोला सत्ताइस माइल टिस्टा मल्ली, रम्फू आदि थिए| यी केन्द्रहरूबाट एउटा कुरुवाले झण्डै ५०-६० मायल भारी हिँडाएर लानु पर्थ्यो|
सिक्किमको यस्तो दयनीय स्थितिहरूबीच राजनैतिक सचेतताको जन्म नहुनु कुनै आश्‍चर्यजनक विषय होइन| यहॉंको तात्कालीन अर्थ व्यवस्था संसारको सबैभन्दा गरीब देशकोभन्दा राम्रो थियो भन्दा इतिहासलाई ढॉंटेको जस्तो हुन्छ| किसानहरू कुनै पनि राष्ट्रको अर्थव्यवस्थाका मेरूदण्ड हुन्| तर यस यथार्थदेखि सिक्किमका शासकवर्गहरू कोशौं टाढा रहेको देखिन्छ| उनीहरूले एउटा किसानलाई कहिले पनि मानवताको दृष्टिले हेरे जस्तो देखिँदैन| ती किसानहरू, जो हर घडी आफ्ना मालिकहरूको सेवामा बिना हाजिरा तल्लीन थिए उनीहरूलाई स्वतन्त्रताको शाब्दिक अर्थसम्म थाहा थिएन|
अशिक्षा र गरीबीका कारण उनीहरूलाई शायद सारा संसारमै यस्तै प्रचलन छ भन्ने लागेको हुँदो हो| यस्तो स्थिति जहॉं आफ्नो घर परिवारसम्मलाई सोध्नेसम्मको पनि फूर्सद छैन राजनैतिक चेतनाको सूत्रपात कहॉंबाट हुने? किनभने यो हतार चटारो एक व्यक्ति, एक घर, एक गाउँको मात्र थिएन, हरेक सिक्किमे हतारमा थियो आफ्नो घरबाट अनि खेती बाली जोगाउन| यस्तो वातावरणमा प्रत्येक सिक्किमेलाई कार्ल मार्क्स, एञ्जेलस, गान्धी र प्लेटोका दर्शन र सिद्धान्तहरूभन्दा एक गॉंस भात मूल्यवान थियो| शिक्षा केवल काजी- जमीनदारहरूबीच मात्र सीमित थियो| तर पश्‍चिमी आधुनिक शिक्षा आर्जन गरेर पनि यिनीहरूका सन्तानहरूले मानवताको पाठ साह्रै बुझे जस्तो देखिँदैन| बझुन् पनि कसरी? यिनीहरूले अभाव देखेनन्, कहिले दुःखलाई नजिकबाट चिनेनन् तर ती गरीबका भीडहरूबीच केही किसानहरूले एक छाक मात्र खाएर भएपनि आफ्ना सन्तानहरूलाई दार्जीलिङ, कालेबुङतिर लगेर पढाएको जानकारी पाइन्छ| धन्य थिए ती भोका, अर्धनग्न सिक्किमे किसानहरू जसले आफ्ना अवस्थाहरूलाई पैतालाले दबाएर आफ्ना सन्तानहरूलाई पढाए र अन्त्यमा गएर यिनै थोरै शिक्षित सिक्किमेहरूले आफ्ना शोषित किसान समाजमा राजनैतिक चेतनाको उद्घोष गराए|
निष्कर्षः
यसरी यी विविध प्रकारका शोषणबाट युगौंदेखि बहुसङ्ख्यक सिक्किमे जनगणहरू प्रताडित भएको पाइन्छ| राजतन्त्रात्मक राजनैतिक प्रणालीअन्तर्गत एकमुष्ठ सामन्ती काजी जमीनदारहरूको अन्याय- अत्यचार र चरण शोषणको प्रतिफल सिक्किमे बहुसङ्ख्यक प्रजाहरू थिचिन मिचिन विवश र बाध्य थिए| शोषणका ती विविध कुप्रथाबाट उन्मुक्त भइ न्यायसङ्गत समानतामूलक समाज स्थापना गर्न र सामन्ती शक्तिलाई चूर्ण विचूर्न र भष्मीभूत पार्न उनीहरू असक्षम थिए|
त्यसको पृष्ठभूमिमा अशिक्षा अज्ञानता र एक्यताको अभाव प्रमुख कारकतत्व थियो भने एकमुठ्ठी सचेतवर्ग पनि अल्पसङ्ख्यक हुनुको पीडाको विवशता भोग्न बाध्य थिए| तर कालान्तरमा शिक्षितवर्गको सचेतताको परिणतिस्वरूप अशिक्षितवर्गले पनि शनै-शनै सामन्तवादका ती हरेक पहलहरूलाई निर्मूलीकरण गर्ने तत्परतामा आफूलाई पनि समाहित गर्न थालेको पाइन्छ| त्यसैको प्रतिफल स्वरूप सिक्किमका विभिन्न ठाउँमा ती अत्याचारी काजी जमीनदारविरुद्ध विद्रोहको आवाज उठाउन थाले| सामान्ती व्यवस्थाबाट युगौंदेखि शोषित पीडित र सीमान्तकृत वर्गका रूपमा चिहिन्त ती विद्रोही हातहरू शोषकका तमाम पर्खालहरूलाई धुलीसात पार्न उद्धत थिए| समयान्तरमा तिनै विद्रोहका स्वरहरू राजनैतिक सचेतताको बाटोबाट हिँडेर सिक्किमको सामन्ती शोषणलाई निशाना नामेट पार्दै प्रजातान्त्रिक व्यवस्थाको प्रत्याभूति दिन सफल भयो|

Petition of 1946 by the peasants of Rhenock to the Maharaj Kumar Sahib of Sikkim

The Document is preserved at Ram Gauri Sangrahalaya Rhenock by its curator Mr. Ganesh Kumar Pradhan.

Jharlangi was a force labour imposed by the Kazis and Thikadars of erstwhile Sikkim to the Sikkimese peasantry. It was a colonial gift to the Sikkimese aristocrats, by which they had achieved a license to exploit the peasants till the last breath of their lives. It is a well known fact that the real interest of the British Government did not lay on Sikkim. They wanted to utilize the kingdom for their Tibetan trade. Keeping this view in mind, the British Government had to construct roads and trade routes. While doing so, they had to depend on the Kazi-Thikadars to get the labour supply from the villages. The British Imperialists paid those Kazis- Thikadars but, the latter used their peasants to work for them without paying their wages. In such a system, the peasant had to remain absent at least a week from home, “besides having provided himself with warm clothing at prohibitive cost. What he would earn as wages under the prescribed rates for forced labour would barely suffice to buy his meager meal for the journey to and fro. A greedy land lord often seized upon his chance of making further easy money and called for doubled the number of men actually required. For instance, when only 20 men are requisitioned by the state, he would call for 40 men, thus doubling his own extortionate demand from the ignorant and unsuspecting ryots (Basnet, L.B. Sikkim- A short political History)

For the abolition of such corrupt practice from the soil of Sikkim, pre-Congress Associations of Sikkim like Praja Sudhar Samaj party of Tashi Tshering, Rajya Praja Mandal of Kazi Lhendup Dorjee Khangsarpa and Praja Sammelan Party of Dhan Bahadur Tiwari had played a major role. This petition also belongs to this era which was made by the peasants of Rhenock East Sikkim to the Maharaja Kumar Palden Thondup Namgyal to eradicate such an evil from the kingdom. The petition was made by late Durga Samsher Pradhan in which he has stated to His Highness Maharaj Kumar of Sikkim about the misappropriation of the Jharlangi labour by the Kazis and Thikadars for their private works. The petition was made on 24th November 1946, exactly a year before the foundation of Sikkim State Congress, the first political party of Sikkim. This document also gives authentic information about the taxation system prevalent in then Sikkim. A peasant had to pay Dhurikhazana (House Tax) @ Rs. 6 per annum and Bethi Tax Rs.12 per annum.
It is interesting that within a month of this petition the Royal Government of Sikkim issued a notification bearing No. 3590-4089/G on 31st December 1946 which finally eradicated Jharlangi from Sikkim. The said Notification has clearly mentioned “whosoever unlawfully compels any person to labour against the will of that person shall be punished with imprisonment of either description for a term which may extend to one year, or with a fine or with both”. But, we cannot ascertain that the Jharlangi labour was abolished from Sikkim due to the petition made by the peasants of Rhenock. It was in fact a demand of every Sikkimese peasant and a cry of every entity.